कानुन मन्त्री र मुख्य सचिवसहित राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री ओली

वेलकम खबर
पुस २६, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ ।कानुन मन्त्री अजयकुमार चौरसिया र मुख्यसचिव एकनारायण अर्याललाई लिएर प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् ।

उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*