मेरिङदेनमा ३ सय ६६ जनाले अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम मार्फत सेवा लिए

मदन गौतम
पुस १७, २०८१

ताप्लेजुङ । अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम मार्फत मेरिङदेन गाउँपालिकामा ३ सय ६६ जनाले सेवा लिएका छन् । मेरिङदेन गाउँपालिका, कोशी प्रदेश सरकार र करुणा फाउण्डेशन नेपालको समान लागत साझेदारी र राष्ट्रिय अपाङ्गता महासंघको प्राविधिक सहयोगमा  शिविर संचालन भएको हो ।

शिविरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता परिचयपत्र वितरण तथा आवश्यक पहिचान सम्बन्धी कार्यक्रम पालिकाको ६ वटै वडामा सञ्चालन गरेको गाउँपालिका अध्यक्ष युक हाँ बिर हाङ्गामले बताउनु भयो ।

शिविरमा निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरी ७ जनालाई अपाङ्गता सम्बन्धी रातो कार्ड, ३९ जनालाई निलो कार्ड, २१ जनालाई पहेँलो कार्ड र ३४ जनालाई सेतो कार्ड गरी जम्मा १०१ जनालाई परिचयपत्र वितरण गरिएको  पालिकाले  जनाएकोछ । गत पुष ११ गते देखी सुरु भएको अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम मंगलबार सकिएको गाउँपालिकाले जनाएकोछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*