मैवाखोला गाउपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि अभिभावक जागरण अभियान सुरु
ताप्लेजुङ । मैवाखोला गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि अभिभावक जागरण अभियान सुरुवात भएको छ । सार्वजनिक शिक्षा सुधारका लागि यो कार्यक्रम सबै वडाहरूमा संचालन हुने गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताउनु भयो । यस अभियानमा सम्बन्धित वडाहररुको महत्वपू्ण र सक्रिय उपस्थितिका लागि गाउँपालिका अध्यक्ष वनेमले सबैमा आग्रह गर्नु भएकोछ । अध्यक्ष वनेमले स्थानीय सरकार,शिक्षक,बिद्यार्थी,नागरिक अगुवा र बिद्यालय व्यवस्थापन समितिसहितको संयुक्त प्रयासबाट मात्र सार्वजनिक शिक्षा सुधारमा योगदान पुग्ने बताउनु भएको छ । जागरण अभियानमा राष्ट्रिय शिक्षा अभियान नेपालका संयोजक अभिषेक घिमिरेले सहजीकरण गर्नुहुने भएकोछ । मैवाखोला गाउँपालिका ३ साँघुस्थित नारायणी माविबाट आज अभिभावक जागरण अभियान सुरु भएको हो ।