सुविधासम्पन्न बन्यो कालिका नगर अस्पताल

वेलकम खबर
पुस ५, २०८१

काठमाडौ । चितवनको कालिका नगरपालिका नगरपालिकाद्धारा सञ्चालित कालिका नगर अस्पतालमा विरामीको उपचारलाई प्रभावकारी बनाउन गुणस्तरीय बनाउन प्रविधिको प्रयोग शूरु गरिएको छ ।
नगर प्रमुख विनोद रेग्मीले अस्पताल प्रयोगशालामा ल्याइएको अत्याधुनिक मेशिन र टोकन प्रणालीको उद्घाटन गरेपछि अस्पतालको सेवा प्रविधिको प्रयोगबाट थप प्रभाबकारी हुने बताईएको छ ।
अस्पतालमा थाइराइड, भिटामिन डी, सी र क्यान्सर समेत परीक्षण गर्ने मेशिन प्रयोगमा ल्याइएको नगर प्रमुख रेग्मीले जानकारी दिनु भएको छ । प्रयोगशाला सञ्चालनमा ल्याएसँगै नगरबासीलाई उपचारकै निम्ति भरतपुर पुग्नुपर्ने बाध्यता लगभग अन्त्य भएको उनको ठहर छ ।


नगरप्रमुख रेग्मीले कालिकाबासीलाई स्वस्थ राख्नका लागि आवश्यक उपचार सेवा दिन नगरपालिका तयार छ । यसका लागि हामी जे पनि गछौं । सोहीअनुरुप हामीले प्रारम्भिक चरणमा नगर अस्पतालमा प्रविधिको विस्तार गरेका हौं । यसले नगरबासी उपचारका निम्ति भरतपुर धाउनुपर्ने बाध्यताको अन्त्य हुने दाबी समेत गर्नुभयो ।
विशेषज्ञ डाक्टरहरुको संख्या बढाउँदै नगरबासीहरु उपचारका लागि जिल्लाका अन्य अस्पतालमा जान नपर्ने गरी सेवा सुधार गर्ने नगरप्रमुख रेग्मीको भनाई छ । सरकारले २०७६ सालमा जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गरी कालिका नगर अस्पताल निर्माण गरेको थियो ।नगर अस्पतालमा दैनिक दैनिक तीनदेखि चार सय बढी बिरामीको अस्पतालमा उपचार उपचार गर्न आउने अस्पतालको तथ्याक रहेको द्ध छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*