ट्राइबेकरमा इलाम कञ्चनजंघा सेसेलुङ गोल्ड कपको सेमिफाइनलमा
ताप्लेजुङ । इलामको रेड डेभिल्स माईजोगमाई अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो कञ्चनजंघा सेसेलुङ गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो क्वाटर फाइनल खेलमा मोरङको डाँगीहाट फुटबल क्लब बेलबारीलार्य ट्राइबेकरमा ४। २ गोल अन्तरले पराजित गर्दै इलामले सेमिफाइनमा पुग्ने दोस्रो टिम बनेकोछ । झापाको न्यु स्टार क्लब बिर्तामोड र पाँचथरको फिदिम स्पोर्टिङ क्लबको बिजेतासँग सेमिफाइनलमा प्रतिस्पधा हुने भएकोछ । खेलको निर्धारित समयमा गोलरहित बराबरी भएको कारण खेल ट्राइबेकरमा विजेताको निर्णय लिएको थियो ।
सोमबार तेस्रो क्वाटर फाइनल खेलमा सुनसरीको गोधुली फुटबल क्लब धरान र भारतको कञ्चनजंघा फुटबल क्लब सिलिगुढी प्रतिस्पधा हुने चासोक तङनाम सञ्चालन समिति ताप्लेजुङले जनाएकोछ । प्रतियोगिताको विजेताले नगद ३ लाख ५२ हजार ८१ रुपैयाँ र उपविजेताले १ लाख ५२ हजार ८१ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।