फुङ्फुङ्गे झरना पर्यटन महोत्वसबका लागि पालिकाद्धारा दुई दिन स्थानीय विदा

मदन गौतम
मंसिर ९, २०८१

ताप्लेजुङ।ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले फुङफुङ्गे झरना पर्यटन महोत्वसब तथा अध्यक्ष कप फुटबल प्रतियोगिताको लागि आईतबार र सोमबार दुई दिन स्थानीय विदा दिएको छ । पालिकाको वडा नं ४ साँबाको तेम्बामा शुक्रबारबाट सुरु भएको महोत्सवको लागि स्थानीय विदा दिएको र विदाको दिन गाउँपालिका कार्यालय र सबै वडा कार्यालयले प्रवाह गर्ने सेवा बन्द हुने प्रमुख प्रशासकीय अधिकृत विमल गौतमद्धारा जारी सुचनामा उल्लेख रहेको छ ।शुक्रबारबाट सुरु भएको फुङ्फुङगे झरना पर्यटन विकास समितिको आयोजनामा पालिकाको पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्ने उद्धेश्यले आयोजना गरिएको महोत्सव राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा साँस्कृतिक साथै मनोरञ्जनात्मक कार्यक्रमका साथ सोमबार समापन गरिने आयोजक समितीका अध्यक्ष बिजय साँबाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*