सेसेलुङ गोल्डकपको खेलतालिका सार्वजनिक
ताप्लेजुङ । चासोक तङ्नाम पर्व २०८१ को अवसरमा सञ्चालन हुन गइरहेको ‘दोस्रो अन्तराष्ट्रिय आमन्त्रण कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप’को खेलतालिका सार्वजनिक भएको छ।आयोजक कञ्चनजङ्घा फुङ्लिङ क्लबले शनिबार उक्त तालिका सार्वजनिक गरेको हो।भारतको सिलिगुढीको एक सहित पूर्वका विभिन्न जिल्लाहरूका गरी कुल आठ टिम सहभागी प्रतियोगिताकोे उद्घाटन खेलमा मङ्सिर १५ गते समूह ‘ए’को आयोजक कञ्चनजङ्घा फुङ्लिङ क्लबले सम्दु फुटबल क्लब तेह्रथुमसँग खेल्नेछ।त्यसैगरी दोस्रो क्वाटरफाइनल खेल समूह ‘बी’ अन्तर्गतका डाँगीघाट फुटबल क्लब बेलबारी मोरङ र रेड डेभिल्स क्लब माइजोगमाई इलाम १६ गते खेल्नेछन्।तेस्रो क्वाटर फाइनल अन्तर्गत मङ्सिर १७ गते गोधुली फुटबल क्लब धरान सुनसरीले भारतको कञ्चनजङ्गा फुटबल क्लब सिलिगुडीसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल पश्चात समूह ‘ए’का दुई सेमिफाइनलिष्ट टिमको टुङ्गो लाग्नेछ।उता अन्तिम क्वाटर फाइनल खेलमा समुह ‘बी’का न्यु स्टार क्लब बिर्तामोड झापा र फिदिम स्पोर्टिङ क्लब पाँचथर मङ्सिर १८ गते आमनेसामने हुनेछन् । यो खेल पश्चात समूह ‘बी’ अन्तर्गतको सेमिफाइनलका दुई टोलीको टुङ्गो लाग्नेछ। प्रतियोगिताको फाइनल खेल समूह ‘ए’को विजेता र ‘बि’को विजेता बीच मङ्सिर २२ गते हुनेछ ।प्रत्येक खेल दिउँसो १ बजेबाट सुरु हुने आयोजकले बताएको छ ।प्रतियोगिताको विजेताले ३ लाख २हजार ८१ रुपैयाँ सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता बन्ने टोलीले १ लाख ५० हजार ८१ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। गोल्डकपको साथसाथै विविध सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना गरिएको चासोक तङ्नाम सञ्चालक समितिले बताएको छ । कञ्चनजङ्घा सेसेलुङ गोल्डकपका लागि आयोजकले खेलाडीको नाम टुङ्ग्यो , ६ खेलाडीले डेब्यु गर्दै आगामी मङ्सिर १५ देखि २२ गतेसम्म सञ्चालन हुन गइरहेको दोस्रो कञ्चनजङ्घा सेसेलुङ गोल्डकपको लागि आयोजक कञ्चनजङ्घा फुङ्लिङ क्लबले खेलाडीको नाम टुङ्ग्याएको छ। विगतका वर्षहरूमा विभिन्न प्रतियोगिताको दौरान जिल्लाको प्रतिनिधित्व गर्दै खेलिसकेका खेलाडीहरू तथा ६ जना नयाँ खेलाडीहरूलाई समावेश गर्दै १८ सदस्य टोली घोषणा गरिएको हो।आयोजकको तर्फबाट मिडफील्डर अनुप सेन्दाङले कप्तानी सम्हाल्नेछन् । गोलकिपरमा सुहाङ लिम्बु ,र सुवास तामाङ छानिएका छन् ।जङ्गबहादुर गुरुङ ,मन्जित एङ्देन । विवेक मादेन, पासाङ शेर्पा र पवन लिम्बु फरवार्डमा छनोट भएका छन्।सविन तामाङ, शिशिर राई ,एलिन लिम्बु, मिडफील्डरमा रहनेछन् भने । डिफेन्डर लाइनमा प्रनेश गुरुङ ,आशिष लिम्बु, सुनियोजित लिम्बु ,अर्जुन लिम्बु ,सन्तोष गहतराज र रितिक ऋतिक चङ्बाङ छानिएका छन् ।यो संस्करणको प्रतियोगितामा जिल्लाभित्रका खेलाडीहरूलाई मात्रै समावेश गरिएको आयोजक क्लबका अध्यक्ष अशोक थेबेले जानकारी दिए उनका अनुसार यसै प्रतियोगिताबाट सुहाङ लिम्बु ,सन्तोष गहतराज, प्रनेश गुरुङ ,पासाङ शेर्पा , एलिन लिम्बु र ऋतिक चङबाङले जिल्लाको सिनियर टिममा डेब्यु गर्दैछन् ।