चौथो सिरिजंघा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको खेलतालिका सार्वजनिक

मदन गौतम
मंसिर ८, २०८१

ताप्लेजुङ । मङ्सिर २३ गतेदेखि २९ गतेसम्म ताप्लेजुङको सिरिजंघा गाउँपालिकाको तेल्लोक माविको खेलमैदानमा संचालन हुन गईरहेको चौथो  सिरिजंघा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको खेलतालिका सार्वजनिक भएको छ। आयोजकले शनिवार फुङलिङमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । सिरिजंघा सिंह थेबेको जन्मदिनको अवसर पारेर तेल्लोक स्पोर्टिङ क्लबले आयोजना गरेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा आयोजक ताप्लेजुङले साँघुरीगढी एफसी धनकुटासँग उत्घाटन खेल हुनेछ । त्यसैगरी दोस्रो क्वाटर फाइनल खेल मङ्सिर २४ गते न्युस्टार क्लब झापा र ब्रदर्स वुड एफसी बेलका उदयपुर बीच प्रतिस्पर्धा हुने बताइएको छ । मारिक एफसी सुनसरी र पारिजात संघ एफसी भारत बीच मंसिर मंसिर २५ गते प्रतिस्पर्धा हुने आयोजकले बताएका छन् । प्रतियोगिताको अन्तिम क्क्वाटर फाइनल खेल मङ्सिर २६ गते श्रीजङ्गा स्पोर्टिङ क्लब मोरङ र वाइवाइ पाँचथर एफसी पाँचथर बीच प्रतिस्पर्धा हुने आयोजक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईले बताउनुभयो। प्रतियोगिताको सेमिफाइनल खेल २७ र २८ गते हुने आयोजकले बताएका छन्। प्रतियोगिताको फाइनल मङ्सिर २९ गते सिरिजंघा सिंह थेबेको जन्मदिनको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम तथा सांगीतिक कार्यक्रमका साथ समापन गरिने आयोजकले जनाएकोछ । प्रतियोगिता दिनको २ बजे सञ्चालन हुने आयोजकले बताएका छन्। विजेता टिमले नगद २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र तथा उपविजेता टिमले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन्। गोल्ड कपमा विधागत पुरस्कारको ब्यवस्था गरिएछ र विधागत पुरस्कारतर्फ प्रत्येक खेलमा उत्कृष्ट खेल खेल्ने एक जनालाई नगद २ हजार १ सय रुपैयाँका साथ ‘म्यान अफ द म्याच प्रदान गरिने छ। त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्ता,उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान नगद ४–४ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्रदान गरिने आयोजकले जनाएकाछन् । चौथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप र सिरिजङ्गा मेला सम्पन्न गर्न करिब ३० लाख रुपैया खर्च हुने आयोजकले अनुमान गरेकोछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*