चासोक तङ्नामको अवसरमा ताप्लेजुङमा कञ्चनजंघा सेसेलुङ गोल्डकप मङ्सिर १५ गतेदेखि हुने

वेलकम खबर
कार्तिक ३०, २०८१

ताप्लेजुङ । चासोक तङ्नामको अवसरमा आउँदो मंसिर १५ देखि २२ गतेसम्म ताप्लेजुङ सदरमुकामा फुङ लिङमा कञ्चनजंघा सेसेलुङ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ।
चासोक तङ्नाम सञ्चालन समितिले शुक्रबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गरी गोल्डकप फुटबल प्रतियोगिता प्रतियोगिताबारे जानकारी दिएको हो । समितिका संयोजक चन्द्रकुमार थेबेका अनुसार लिम्बू समुदायको मौलिक तथा साँस्कृतिक पर्व चासोक तङ्नामलाई भव्य बनाउन फुटबल प्रतियोगिता आयोजना गरिएको बताए छन ।

प्रतियोगितामा आठ टोलीको सहभागिता रहने छ। जसमा स्थानीय एउटा, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम र भारत वेष्टबङ्गालको एक टोली रहने संयोजक थेबेले जानकारी दिए ।
प्रतियोगिताको बिजेताले ट्रफीसहित तीन लाख दुई हजार ८१ रुपियाँ र उपविजेताले एकलाख ५१ हजार ८१ रुपियाँ नगद पुरस्कार पाउने समितिका संयोजक कोषाध्यक्ष कुलदिप मादेनले जानकारी दिए ।
कोषाध्यक्ष मादेनका अनुसार प्रतियोगिता सम्पन्न करिव ५४ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ। चासोक तङनामलाई भब्य बनाउन राष्ट्रिय कलाकारको उपस्थितिमा साँस्कृतिक कार्यक्रम पनि आयोजना हुने समितिका सचिव अमर अन्छङ्बोले जानकारी दिएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*