फुङफुङे मेला यसै बर्षबाट पुन आयोजना गरिदै
ताप्लेजुङ। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ तेम्वामा फुङफुङे मेला यसै बर्षबाट पुन आयोजना गरिने भएको छ । फुङफुङे झरनाको प्रबर्द्धन गर्ने उद्देश्यले २०४५ सालदेखि मेला लाग्दै आएको र २०५८ सालदेखि आयोजक नभएर बन्द भएको थियो । मंसिर ७ देखि १० गतेसम्म लगाइने मेलामा पुरुष तथा महिला फुटबल, साँगीतिक, सांस्कृतिक कार्यक्रमको तयारी गरिएको आयोजक फुङफुङे झरना पर्यटन विकास समितिका अध्यक्ष विजय सावाले बताउनुभयो ।
मिक्वाखोला गाउँपालिका ४ तेम्वा टोलमा लगाइने मेलामा वडास्तरीय खुला महिला तथा पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष सावाले पत्रकार सम्मेलन जानकारी गर्नुभयो ।
सावाका अनुसार फुटबल तर्फ प्रथम पुरस्कार १ लाख ११ हजार र द्वितीय ६१ हजार नगद सहित कप, मेडल र महिला तर्फ प्रथम ५१ र द्वितीय ३१ हजार नगद सहित कप, मेडल प्राप्त गर्नेछन् । सेभेन साइजको मैदान भएकाले ७ जना खेलाडीले एक टिममा रहने जनाईएकोछ ।प्रतियोगिता सहितको मेला सम्पन्न गर्न २५ देखि २८ लाख खर्चहुने अनुमान गरिएको आयोजकले जनाएकाछन् ।मेलाका लागि गाउपालिकाले ४ लाख रुपैया बिनियोजन गरेको गाउपालिका अध्यक्ष भक्तबहादुर कार्की बताउनुभयो ।