भारतीय एनसीपी नेता सिद्धिकीको गोली हानी हत्या,दुई जना पक्राउ
काठमाडौं । भारतमा एक जना नेताको गोली हानेर हत्या गरिएको छ । अजित पवार गुट ९एनसीपी० मा प्रवेश गरेका बाबा सिद्धिकीको शनिबार राति मुम्बईको बान्द्रा इस्ट भन्ने स्थानमा गोली हानेर हत्या गरिएको हो ।
छातीमा गोली लागेर गम्भिर घाइते भएका उनलाई लिलावती अस्पताल भर्ना गरिएकामा अस्पतालमै मृत्यु भएको हो । छोरा जिशान सिद्दिकीको कार्यालय जाँदै गर्दा उनीमाथि आक्रमण गरिएको बताइएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार घटनाको अनुसन्धानको क्रममा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ४८ वर्षदेखि कांग्रेसमा रहेका उनी यसै वर्षको फेब्रुअरीमा कांग्रेस छाडेका थिए ।