मन्त्री हाङगामले पाथीभराको कसम खादै भनेः म भ्रष्टचारमा फस्दिन
ताप्लेजुङ । कोसी प्रदेशको मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला ताप्लेजुङ आउनु भएका कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले पाथीभरा कसम खादै भ्रष्टाचार नगरी काम गर्ने दाबी गर्नु भएको छ ।
आज नेपाली काँग्रेस ताप्लेजुङले फुङलिङमा आयोजना गरेको सम्मान सहित बधाइ ज्ञापन कार्यक्रममा मन्त्री हाङगामले अनेकौ चुनौती सामना गरि जनभावना अनुसार काम गर्ने र मन्त्रालयको कुनै पनि भ्रष्टाचार नफसी काम गर्ने बताउनु बताउनु भएको हो ।
मन्त्री हाङगामले जिल्लाका कसैलाई काखा र कसै पाखा नगरी काम गर्ने दाबी गर्नुभयो । मन्त्री हाङगामले सम्मान सहित बधाइ ज्ञापन कार्यक्रममा दशैं,तिहार,छैट,नेपाल सम्वत् लगायत चाडपर्वहरुको अवसरमा जिल्ला बासीलाई शुभकामना समेत दिनुभयो । शुभकामना आदान प्रदान कार्यक्रममा पार्टीका नेता तथा जनप्रतिनिधिहरु,भातृसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरु र कार्यकर्ताहरुको उपस्थिति रहेको नेपाली काङग्रेस ताप्लेजुङले जनाएकोछ ।
नेपाली काँग्रेसका उम्मेदवार हाङगाम २०७९ सालको प्रदेशसभाको निर्वाचनमा ताप्लेजुङ निर्वाचन क्षेत्र नं १ (ख) बाट प्रदेशसभामा निर्वाचित हुनु भएको हो । मन्त्री हाङगाम तरुण दल ताप्लेजुङका अध्यक्ष र नेपाली काँग्रेस ताप्लेजुङ निर्वाचन क्षेत्र नं १(ख)का सभापति समेत रहनु भएको छ ।