ताप्लेजुङ फक्ताङ्लुङमा पहिरेले पुरिएर एकजनाको मृत्यु

मदन गौतम
अशोज १९, २०८१

ताप्लेजुङ ।ताप्लेजुङ को फक्ताङलुङमा पहिरोले पुरिएर एकजना कुकको मृत्यु भएको छ। कञ्चनजङ्गा बेस क्याम्पतर्फ ट्रेकिङका लागि जाने क्रममा फक्ताङ्लुङ गाउँपालिका ६ मा माथिबाट सुक्खा पहिरो खसेर पुरिएका एक युवको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पहिरोमा परि संखुवासभाको सिलिन्चोक गाउँपालिका ५ का ४० वर्षीय टिकाबहादुर राईको मृत्यु भएको छ। आज बिहान करिब ९:३० बजे राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

कञ्चनजङ्गा बेस क्याम्प तर्फ हिँडेका तीनजना जापानीज नागरिक १३ जना भरिया र एक जना गाइडसहित १८ जनाको १८ टोली रहेको प्रहरीले जनाएको छ । पहिरोले पुरिए पछि लुमथुङ प्रहरी चौकीलाई खबर गरिएको थियो।

आवश्यक कानुनी प्रक्रिया पूरा गर्न र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ ले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*