बाढी–पहिरो अपडेट : मृतकको संख्या १९२ पुग्यो, ३० जना अझै बेपत्ता
काठमाडौं । अविरल वर्षासँगँ गएको बाढी–पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १९२ को पुगेको छ । ३० जना अझै बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ । प्राकृतिक विपदमा १९४ जना घाइते भएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।
उनका अनुसार बाढी पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित गरिएको छ । हालसम्म करिब चार हजार पाँच सय बढी विपद् प्रभावितको उद्धार गरिएको उनले जानकारी दिए ।
बाढी पहिरो प्रभावितलाई खाद्यान्नलगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको मन्त्रालयले जनाएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताए ।