अन्तर्राष्ट्रिय रेड पाण्डा ट्रेल म्याराथन महिला तर्फको प्रथम कुमारी गुरुङ

मदन गौतम
अशोज ५, २०८१

ताप्लेजुङ । अन्तर्राष्ट्रिय रेड पाण्डा ट्रेल म्याराथन प्रतियोगिताको महिला तर्फको प्रथम फुङलिङ नगरपालिका ६ ताप्लेजुङकी कुमारी गुरुङ हुनुभएको छ । विश्व रेड पाण्डा दिवसको अवसरमा आज सञ्चालन भएको प्रतियोगितामा महिला तर्फको प्रथम भए सँगै उहाँले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नु भएको छ । प्रतियोगिताको दोस्रो ओखलढुङ्गाकी लाक्पा ङिमा हुनुभएको छ भने तेस्रो ताप्लेजुङकै दासाङगी शेर्पा हुनुभएको छ । दितीय र त्रितिय क्रमश ३० हजार र २० हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गर्नु हुने भएको छ ।

विश्वमै लोपोन्मुख अवस्थामा रहेको रेड पाण्डा ९हाब्रे०को संरक्षण र संरक्षणको महत्व, पर्यटन प्रबर्द्धन, स्थानीय अर्थतन्त्रको सुदृढीकरणका लागि म्याराथनको आयोजना गरिएको हो । म्याराथनको दूरी ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारको तोक्मेबाट ३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरा धामसम्म पुगेर पुन फुङलिङ बजारको तोक्मेसम्मको ४८ किलोमिटर  निर्धारण गरिएको थियो ।

प्रतियोगितामा महिला र पुरुषलाई एउटै समयमा संयुक्त रुपमा दौडाइएको थियो । प्रतियोगिताको उपाधि पाँचथरका विशालले हात पार्नु भएको थियो भने, पुरुष तर्फको प्रथम बझाङका करण रावल हुनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*