पाथीभरामा बन्ने केवलकार निमार्णका लागि शान्ति सुरक्षा प्रबन्ध मिलाउन सिडियोसँग माग

वेलकम खबर
भदौ २३, २०८१

ताप्लेजुङ । विकासको नयाँ प्रविधि मोडल केबलकार भएको भन्दै ताप्लेजुङका युवाहरुले पाथीभरा क्षेत्रमा निमार्ण हुन लागेको केबलकार निर्माणमा शान्ति सुरक्षाको प्रबन्ध मिलाउन जिल्ला प्रशसन कार्यालयलाई माग गरेको छ ।

आज जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यलाई बृहत्त विकास प्रेमी युवा समाजले ज्ञापन पत्र बझाउदै पाथीभरामा बन्ने केवलकार जिल्लाको समग्र विकास भएको उल्लेख गर्दै तत्काल शान्ति सुरक्षा प्रबन्ध मिलाउन प्रजिअ आचार्यलाई आग्रह गरिएको हो ।

ज्ञापन पत्र बुझदै प्रजिअ आचार्यले युवाहरुलाई कार्यक्रम शान्तिपूर्ण बनाउन आग्रह गदै प्रशासन तर्फबाट गर्ने शान्ति सुरक्षाको प्रबन्ध कानुन सम्मत रुपमा गर्ने गर्ने बताएका थिए । युवा समाजले आज ताप्लेजुङ सदरमुकाम फुङ लिङ बजारमा बाईक र्याली समेत निकालेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*