एमालेले तोक्यो सातै प्रदेशको इञ्चार्ज, कुनमा को ?
काठमाडौं । नेकपा एमालेले सातै प्रदेशमा इञ्चार्ज तोकेको छ । आज (बिहीबार) हनुमानस्थानस्थित होटेल बसेरामा बसेको सचिवालय बैठकले जिम्मेवारी हेरफेर गर्दै इञ्चार्ज तोकेको हो ।
एमाले महासचिव शंकर पोखरेलका अनुसार कोसी प्रदेशमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, वाग्मतीमा राजन भट्टराईलाई जिम्मा दिइएको छ । त्यस्तै, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्ट इञ्चार्ज तोकिएका छन् ।