पाथीभराको कार्यकारी निर्देशक खुला प्रतिष्पर्धा बाट

वेलकम खबर
साउन १७, २०८१

ताप्लेजुङ ।  पाथीभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशक अव खुला प्रतिष्पर्धावाट छनौट गरिने भएको छ । कोशी प्रदेश सरकारको मन्त्री परिषदले २०८१ असार ३० गते स्विकृत गरेको गठन आदेशमा उल्लेख भए अनुसार १५ दिनको समय राखेर खुला दरखास्त आब्हान गरिने उल्लेख छ ।
पाथीभरा क्षेत्रलाई कोशी प्रदेशको सामाजिक बिकास मन्त्रालय अन्तर्गत राखिएको छ । यसअघि संघीय सरकारको सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको थियो । आफ्नो प्रदेशमा  आएपछि सामाजिक बिकास मन्त्रालयले गठन आदेस बनाई मन्त्री परिषदवाट स्विकृत गराएको हो । गठन आदेशमा उल्लेख भए अनुसार अध्यक्ष र एक महिला सहितका तीनजना सदस्य कोशी प्रदेश सरकारले चयन गर्नेछ । यो समितिमा ताप्लेजुङवाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद पदेन सदस्य हुनेछन । जिल्ला समन्वय समिति प्रमुख, पाथीभरासग जोडिएका स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, मालपोत, नापी, डिभिजन वन, पूर्वाधार विकासका प्रमुख र प्रदेशको सामाजिक बिकास मन्त्रालयले तोकेको ब्यत्ति पदेन सदस्य रहने ब्यवस्था गरिएको छ ।
अध्यक्ष र मन्त्रालयले तोकेका सदस्यको योग्यताभनें ३५ बर्ष उमेर मात्रै रहेको छ । गठन आदेशको परिच्छेद २ को ४ मा रहेको अध्यक्ष र सदस्यको योग्यतामा ‘प्रचलित कानुन बमोजिम अयोग्य नभएको र कम्तिमा ३५ वर्ष पुरा भई धर्म सस्कृति एबं पर्यटन क्षेत्रमा अनुभव भएको नेपाली नागरिक हुनुपर्ने’ उल्लेख छ । नेपाल सरकारको नवौ तहको सेवा सुविधा पाउने कार्यकारी निर्देशक भनें ३५ बर्ष पुरा भई ६० बर्ष ननाघेको र स्नातक तह उर्तिण गरेको हुनुपर्ने उल्लेख छ । समितिको प्रशसकीय प्रमुखको रुपमा रही काम गर्ने निर्देशकको छनौट मुख्य मन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिवले तोकेको सचिवको संयोजकत्वमा बन्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र सामाजिक विकास मन्त्रालयका सचिवको तीन सदस्यिय समितिले चयन गर्ने ब्यवस्था गरिएको छ ।
कार्यकारी निर्देशककालागि मन्त्रालयले कम्तिमा १५ दिनको सार्बजनिक सुचना प्रकाशन गर्ने र धर्म सस्कृति क्षेत्रमा अनुभव हासिल गरि कम्तिमा स्नातक उपाधि हासिल गरेको, कानुन अनुसार अयोग्य नरहेको नेपाली नागरिकले दरखास्त दिनसक्ने उल्लेख छ । (रेडियो ताप्लेजुङ)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*