डा. रुइतलाई अभिनन्दन गदै ताप्लेजुङ सरोकार केन्द्र
ताप्लेजुङ । विश्व विख्यात नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुईतलाई ताप्लेजुङ सरोकार केन्द्र काठमाडौले अभिनन्दन गर्ने भएको छ ।
शनिवार १९ गते नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे,प्रतिनिधिसभा सदस्य योगेश भट्टराई,नेपाली काग्रेसका प्रतिनिधिसभा सदस्य लिला देवि बोखिम,उर्मिला थेवे लगायत ताप्लेजुङ सरोकार केन्द्रले डाक्टर रुईटलाई सम्मान गर्न लागिएको ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष टंक श्रेष्ठले जानकारी दिनुभयो ।
सो अभिनन्दन कार्यक्रममा सरोकार केन्द्रद्धारा प्रकाशित ९४४ पुष्ठको ताप्लेजुङ भन्ने पुस्तक समेत विमोचनको कार्यक्रम रहेको सरोकार केन्द्रका महासचिव सन्तोष मादेनले जानकारी दिनुभएको छ ।
विमोचन हुन लागेको पुस्तकमा ३ वटा अन्तर्वार्ता, ५ वटा व्यक्तित्व जीवनी, ९ वटा पालिका परिचय र ६८ वटा खोजमुलक तथा संस्मरणात्मक गरि जम्मा ८५ वटा लेख समावेश ९४४ रहेको सरोकार केन्द्रले जनाएको छ । डा.रुईत सन १९५५ सालमा ताप्लेजुङको फक्ताङलुङ गाँउपालिका वडा ७ ओलाङचुङगोलामा जन्मिएका हुन ।