ताप्लेजुङ गोल्डकपको राशीमा वृद्धि, आठ टीमले सहभागिता जनाउने कुन कुन जिल्ला हेर्नुहोस ( भिडियो सहित)

वेलकम खबर
साउन १५, २०८१

ताप्लेजुङ । २०२२ साल देखि ताप्लेजुङ सदरमुकाम फुङलिङमा लाखेजात्राको अवसरमा हुदै आएको फुटबल प्रतियोगिता यसवर्ष पनि निरन्तरता पाउने भएको छ । आउदो भदौ ३ गते देखि १० गते सम्म ताप्लेजुङ सदरमुकाम फुङलिङमा  अन्तराष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप  हुने भएको हो ।

लाखेजात्रा सञ्चालन समितिले आज  पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा जिल्लाका एक मात्र सर्घष स्र्पोीटङ क्लब फुङलिङ ताप्लेजुङले खेलमा सहभागिता जनाउने लाखेजात्रा सञ्चालक समितिका सचिव टिकेन्द्र नेपालीले जानकारी दिएका छन ।

त्यस्तै अन्य जिल्लामा वाईवाई स्र्पोटिङ क्लब पाँचथर,सगरमाथा स्र्पोटिङ क्लब मोरङ,सलेष युर्थ क्लब सिराहा,त्रिभुवन आर्मी क्लब काठमार्डौ,बुटवल लुम्बनी एफसी,झापा कोल्गेट टिम र भारतको एक टिम गरी आठ टिम खेलमा सहभागी हुने पत्रकार सम्मेलननमा जानकारी दिएको छ । खेल नकटाउन विधिवाट खेलाईने जानकारी दिएको छ ।
खेलमा विजेता टीमले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैेया टफी प्राप्त गर्ने र उप विजेताले २ लाख ५० हजार ५सय ५५ रुपैया प्राप्त गर्ने जानकारी लाखेजात्रा सञ्चालक समितिका अध्यक्ष देवराज गुरुङ जानकारी दिएका छन ।
प्रत्येक खेलमा म्यानअफद म्याच नगद ५ हजार हुने आयोजकले जनाएका छ भने खेल अवधिवर सर्वोकृष्ट खेलाडीलाई १५ हजार सर्वाधिक गोलकर्तार्, उत्कृष्ट फरवार्ड, उदयमान खेलाडी,उत्कृष्ट किपर र डिफेन्सलाई जनही १० हजारका दरले प्राप्त गर्ने आयोजकले जनाएका छ ।

क्वाटरफाइनलसम्म जनही १ सय, सेमीफाइनलमा २ सय र फाइनलमा २ सय ५० रहेको टिकट दरबाट आयोजकले २५ लाखभन्दा बढी उठाउने अपेक्षा गरेका छन् । गतवर्ष १० लाख उठेको थियो । ५७ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा टिकटलाई मुख्य स्रोतको रुपमा राखिएको छ ।

गत वर्षको प्रतियोगिता रेडहर्स फुटबल क्लब इलामले जितेको थियो । यो वर्ष इलामलाई आयोजकले बोलाएको छैन । गत वर्ष भाद्र १४ देखि २० गतेसम्म चलेको प्रतियोगितामा दार्जिलिङसहित ८ टिमको सहभागिता थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*