ताप्लेजुङ पर्यटन महोत्सब २०८१ जेठमा ८० लाख खर्च हुने अनुमान

मदन गौतम
बैशाख ३०, २०८१

ताप्लेजुङ  – फङ्लिङमा ताप्लेजुङ पर्यटन महोत्सब २०८१ आगामी जेठ ३ गते देखि ७ गतेसम्म सञ्चालन हुने शनिवार पत्रकार सम्मेलन गरि जानकारी गरेको हो । महोत्सव सम्पन्न गर्नका लागि ८० लाख रुपैँया खर्च हुने मुल आयोजक समितिले अनुमान गरेको छ । महोत्सव फङ्लिङ ५ हुलाक लाईनमा हुन बताईएकोछ । महोत्सवको लागि पाथीभरा क्षेत्र बिकास समिति, पाथीभरा मुक्कुम्लुङ देवी दर्शन केबलकार प्रालि प्रबद्र्धक नेपाल पर्यटन बोर्ड, पाथीभरा मुक्कुम्लुङ देवी दर्शन केबलकार प्रालि, जिल्लामा सञ्चालित हाइड्रोपावर लगायतको आर्थिक सहयोगमा महोत्सव सञ्चालन गर्ने आयोजकले जनाएको छ । ‘स्थानीय अर्गानिक मेला महोत्सबमा प्रोत्साहन ताप्लेजुङको पर्यटकीय स्थलहरुको प्रचार प्रसार तथा अबलोकन’भन्ने मूल नाराका साथ पाँच दिन सम्म सञ्चालन हुने बताईएको छ । ताप्लेजुङका नौ वटै स्थानीय तह ,जिल्ला समन्वय समिति, नेपाल घरेलु तथा साना उद्योग महासंघ, पाथीभरा क्षेत्र बिकास समिति, पाथीभरा मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समिति, होम स्टे महासंघ, होटल व्यवसायी महासंघ, जिल्ला खेलकुद बिकास समिति, निर्माण व्यवसायी महासंघ ताप्लेजुङको समन्वय र सहकार्यमा महोत्सवको आयोजना गरिएको हो । सहआयोजकको रुपमा ताप्लेजुङ सरोकार केन्द्र, ताप्लेजुङ काठमाडौँ सम्पर्क मञ्च, होटल व्यवसायी महासंघ ईकाइ पाथीभरा क्षेत्र, ताप्लेजुङ झापा सरोकार समाज, ताप्लेजुङ सुनसरी सरोकार समाज रहेको आयोजक समितिका सदस्य सचिव देवराज गुरुङले बताउनुभयो ।
पुरुष तथा महिला हाफ म्याराथन प्रतियोगिता
विगतका महोत्सवमा झैँ पुरुष तथा महिला हाफ म्याराथन प्रतियोगिता महोत्सवको अन्तिम दिन जेठ ७ गते विहान ७ बजे संचालन गर्ने तयारी गरिएको छ । पुरुषका लागि सदरमुकामबाट पाथीभरा मन्दिर पुगेर पुन सदरमुकामसम्मको ४८ कि.मी. दुरी निर्धारण गरिएको छ भने महिलाका लागि सदरमुकामबाट काफ्लेपाटी पुगेर पुन सदरमुकामसम्म ३९ कि.मी.दुरी पार गर्नुपर्नेछ । पुरुष तर्फको विजेताले १ लाख ५१ हजार सय ११ रुपैयाँ, द्धितियले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र तृतियले ५१ हजार १ सय ११ रुपैयाँ सहित प्रमाण पत्र प्रदान गरिने भएकोछ । महिलातर्फ प्रथम हुने प्रतियोगिलाई ८१ हजार १ सय ११ रुपैयाँ, द्धितियलाई ५१ हजार १ सय ११ रुपैयाँ, तृतियलाई ३१ हजार १ सय ११ रुपैयाँ प्रदान गरिने बताईएकोछ । पुरुष तथा महिला दुवैतर्फका चौथो देखि दशौ स्थान हासिल गर्ने सहभागीलाई नगद ५ हजार सहित प्रमाण पत्र उपलब्ध गराईने आयोजक समितिका संयोजक छिरिङ लामाले बताउनुभयो ।
अन्तरपालिका स्तरीय चौथो मेयरकप पुरुष भलिबल
फुङलिङ नगरपालिकाले सञ्चालन गर्ने चौथो मेयरकप यसवर्ष महोत्सवकै अवसरमा प्रतियोगिता संचालन गर्न लागेको फुङलिङ नगर खेलकुद समिति तथा सामाजिक विकास संयोजक क्षितिज सुनुवारले बतानउनुभयो । महोत्सव उद्धघाटनकै दिन खेलको उत्घाटन हुने र खेलको विजेता र उपविजेताले क्रमश नगद २ लाख ७५ हजार १ सय र १ लाख ४० हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाईनलबाट बाहिरिने दुई टीमलाई ४५ हजारका दरले नगद उपलब्ध गराईने संयोजक सुनुवारले बताउनुभयो ।
डोको र टपरी बुन्ने तथा डोको क्यारी रन प्रतियोगिता
परम्परागत पेशा क्रमस हराउदै गएकोले यसको संरक्षण गरि ब्यवसायीक बनाउन र डोको र टपरी बुन्ने प्रतियोगिता रुपमा हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ अन्तर्गत आयोजना तेश्रो ताप्लेजुङ औद्योगिक कृषि प्रदर्शनी मेलामा डोको र टपरी बुन्ने प्रतियोगिता संचालन हुने भएकोछ । डोको क्यारी रन महोत्सवको तेस्रो दिन विहान ७ बजे हुनेभएकोछ । डोको क्यारी रनको रुट विरेन्द्रचौकबाट सुकेटार स्थित सानोपाथीभरा पुगेर पुन विरेन्द्रचौकसम्म आईपुग्नुपर्ने आयोजकले जनाएको छ । डोको बुन्ने प्रतियोगताका प्रथमलाई ७ हजार, दोश्रोलाई ५ हजार, तेश्रोलाई १ हजार र सहभागीलाई २ सय रुपैयाँ प्रदान गरिने र टपरी बुन्नेतर्फ पहिलोलाई ३ हजार, दोश्रोलाई २ हजार, तेश्रोलाई १ हजार र हौसलाका लागि सहभागी हुने सबैलाई २ सय रुपैयाँ प्रदान । डोको क्यारी रनमा प्रथम हुनेले ३० हजार, दोश्रोले हुनेले २० हजार तेश्रो हुनेले १० हजार र चौथोदखि दशऔँ स्थानसम्मका प्रतियोगिलाई नगद १ हजार दिईने नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष राजेन्द्र भारतीले बताउनुभयो ।
अन्तरपालिका माद्यमिक तह स्तरीय बक्तृत्वकला प्रतियोगिता
यस बर्षको महोत्सवमा अन्तरपालिका स्तरीय माद्यमिक तहका बक्तृत्वकला प्रतियोगिता जेठ ५ गते हुने भएको छ । प्रत्येक पालिकाबाट उत्कृष्ट प्रतियोगि छनोट भएका प्रतियोगीबीच प्रतिष्पर्धा गराईने आयोजकका सदस्य सचिव गुरुङले बताउनुभयो । प्रथमलाई ८ हजार, दोश्रोलाई ५ र तेश्रोलाई ३ हजार साथै सबै सहभागी प्रतियोगीलाई ३ हजारका दरले यातयात खर्च दिईने बताइएको छ ।
महोत्सवमा साहित्यिक र सांस्कृतिक कार्यक्रम सहित पाथिभरा धामदेखि सदरमुकाम सम्म साइकिलिङ पनि हुने छ । साइकिलिङ भने, अप्रतियोगीतात्मक हुने आयोजक समितिले जनाएको छ । साथै विभिन्न खाद्य परिकारको स्टल प्रदर्शनी समेत हुनेछ । महोत्सवमा सांस्कृतिक कार्यक्रम राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*