सेयरबजारमा व्यापक हरियाली, लगानीकर्ताको कन्फिडेन्स उच्च

वेलकम खबर
फाल्गुन २९, २०८०

काठमाडौ । आज उच्च अङ्कको वृद्धि भएको छ । अघिल्लो बुधबार अर्थमन्त्रीमा वर्षमान पुनको नियुक्ति भएपछि लगातार तीन दिनसम्म बढेको सेयरबजारले आज पनि वृद्धिलाई निरन्तरता दिएको हो । पुनको नियुक्ति पछि सेयरबजारका लगानीकर्तामा उच्च कन्फिडेन्स देखिएको छ ।

आइतबार २२.१० अङ्कले बढेको सेयरबजार आज पनि ५८.५८ अङ्कले बढेर २१११.२४ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५ सय ५८ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम बढेर ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३ सय ४७ रुपैयाँ पुगेको छ । आज बजार बढ्दा कारोबार रकममा पनि वृद्धि भएको हो ।

आज ५ वाटा कम्पनीको शेयर १० प्रतिशले बढेर सकारात्मक सक्रिट लागेको छ ।आज सेन्सेटिभ इन्डेक्स १०.६० अंकले बढेको छ । आज १३ उपसमूह सबैको शेयर मूल्य बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*