फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

वेलकम खबर
फाल्गुन ३, २०८०

काठमाडौँ ।  नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बनाएको हो । निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको लिटरमा दुई–दुई रूपैयाँ बढेको जानकारी दिएको छ । निमगका अनुसार खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ ।

निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार नयाँ मूल्य तोकेको हो। आइओसीले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ ८३ पैसा र डिजेलमा एक रूपैयाँ ५६ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

sharethis sharing button

oil

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*