यस्तो छ मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा, के के परिवर्तन गर्यो ? (पूर्णपाठसहित)

वेलकम खबर
मंसिर २२, २०८०

काठमाडौ । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । जसमा रियलस्टेट कर्जा र शेयर धितो कर्जाको जोखिमभार घटाएको छ।
बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा रु ५० लाखभन्दा बढीको शेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरेको छ ।

त्यस्तै नीतिगत दर घटाएर बैंकहरुलाई ब्याजदर घटाउन प्रोत्साहन गरेको छ। केन्द्रीय बैंकले बैंक दर ०.५ प्रतिशत विन्दुले घटाएको छ भने नीतिगत दर १ प्रतिशत विन्दुले घटाएको छ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा भनिएको छ‘ विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३.० प्रतिशत कायम गरिएको छ ’ ।

यस्तो छ मौद्रिक नीति

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*