९ अंकको सुधारसँगै बन्द भयो यो साताको शेयर बजार

वेलकम खबर
मंसिर ७, २०८०

काठमाडौं । आज शेयर बजारमा ९ अंकको सुधार आएको छ । आज नेप्से परिसूचब ९ अंकले बढेको हो । आज ९ दशमलव ८७ अंकले बढेको शेयर बजार १८६० दशमलव २० विन्दुमा पुगेको छ । बिहीबार २९२ कम्पनीका ४४ लाख २० हजार ५१८ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४३० रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापन सेन्सेटिभ इन्डेक्स बढेको छ । आज २ दशमलव ७६ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३५६ दशमलव ९८ विन्दुमा पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*