ताप्लेजुङमा करदाता शिक्षा
ताप्लेजुङ । ताप्लेजुङ उद्योग वाणिज्य संघको समन्वयमा करदाता सेवा कार्यालय फिदिम पाँचथरले फुङलिङमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कर सप्ताहको अवसरमा कार्यक्रमको आयोजना गरिएको करदाता सेवा कार्यलय फिदीम पाचथरले जनाएकोछ । प्रत्येक बर्ष मंसिर १ देखि ७ गते सम्म सप्ताहब्यापी राष्ट्रिय कर दिवस मनाईदै आइएको छ । यसबर्ष ‘स्वच्छ,पारदर्शी र प्रविधिमैत्री कर प्रशासनःसामाजिक न्याय,आर्थिक समृद्धि र सुशासन’भन्ने नाराका साथ कर सप्ताह मनाईएको हो ।
कर सप्ताहको अवसरमा पारेर करको दायरा फराकिलो बनाउन तथा करको जरिवाना कम गर्न कर शिक्षाको माध्यमबाट स्वैच्छिक कर सहभागितामा जोड दिने उद्देश्य सहित करदाता सेवा कार्यालयले समय समयमा अभियान चलाइरहेको करदाता सेवा कार्यालय फिदिम पाँचथरका कर अधिकृत सरोज मरासिनीले बताउनुभयो । यस अवसरमा करदाता सेवा कार्यालयले स्थायी लेखा नम्बर , मुल्य अभिबृद्धि कर ,अन्तःशुल्क,व्यवसायिक तथा निकायगत रुपमा स्थायी लेखा नम्बर लिन आवश्यक कागजातहरु,आयकरको दर,मुल्य अभिबृद्धिमा जाने अवस्था,ईटीडिएस,अन्तःशुल्कदर जाने तरिका तथा कर सम्बन्धी बिषयका बारेमा जानकारी गराएको थियो ।
ताप्लेजुङ उद्योग बाणिज्य संघका महासचिव कमल लिम्बूले कर सम्बन्धी जागरण ल्याउने, करको दायरा थप विस्तार हुने तथा गुणस्तरीय सेवाप्रवाहका लागि स्वैच्छिक कर सहभागिताका लागि अभियान चलाउनुपर्ने र ताप्लेजुङमा पनि कर कार्यलयको शाखा स्थापना गर्न पहल गरि दिन कर दातासेवा कार्यालय पाचथरलाई आग्रह गर्नु भयो ।
ताप्लेजुङमा पनि कर कार्यलयको शाखा स्थापना भएमा सेवा ग्राही कर तिर्न सहज तथा करको जरिवाना कम हुने र करको दायरा बढाउन सकिने धारणा रहेको थियो ।