एमाले ताप्लेजुङको जिल्ला अधिवेशन गर्ने एजेन्डा नै बनेन 

मंसिर १० गते चियापान कार्यक्रम गर्ने
वेलकम खबर
कार्तिक २३, २०८०

ताप्लेजुङ । नेकपा एमाले जिल्ला अधिवेशन लक्षित बोलाएको जिल्ला कमिटीको बैठक पार्टी केन्द्रको हिजो बसेको  सचिवालयको बैठकले जेठ मसान्त सम्म सार्ने निर्णय गरेपछि ताप्लेजुङको जिल्ला अधिवेशन एजेन्डा परेको छैन ।
नेकपा एमाले ताप्लेजुङको आज बसेको सचिवालय बैठकले जिल्ला कमिटीमा प्रस्तुत हुने ७ वटा एजेन्डा तय गरेपनि जिल्ला अधिवेशन गर्ने एजेन्डा भने तय भएन ।
नेकपा एमाले सचिव योगेश भट्टराईको प्रमुख आतिथ्यतामा तथा कार्यवहाक अध्यक्ष सन्तोष खतिवडाको अध्यक्षतामा बसेको बैठकले भोलि  शुक्रवार हुने जिल्ला कमिटीको  बैठकमा प्रस्तुत हुने सात एजेन्डा तय गरेको हो ।
एजेन्डाहरुमा पालिका अध्यक्षहरुले लिखित रिर्पोटिङ गर्नुपर्ने,पार्टी सदस्यता नियमित नविकरण गर्नुपर्ने,आर्थिक हिसाब किताब बारेमा,सम्पूर्ण पालिकाको बैठक मंसिर १३ बाट शुरु गर्ने,मध्यपहाडी लोकमार्ग अभियान सफल बनाउन अध्यक्षको अध्यक्षतामा टिम निर्माण गर्ने,मंसिर १० गते माननीयहरुको आयोजनामा ताप्लेजुङमा चियापान कार्यक्रम गर्ने,कार्यालय ब्यवस्थापन चुस्त दुरुस्त बनाउने, लगायतका एजेन्डा तय गरे पार्टी उपसचिव तथा प्रचार विभाग प्रमुख दिपेन पोमुले बताउनुभयो ।
एमाले पोलिट्ब्युरो सदस्य तिलकुमार मेन्याङ्वो, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बसन्त नेम्वाङको विशिष्ट आतिथ्यतामा सम्पन्न आजको सचिवालय बैठकमा प्रदेश सदस्य अन्नत साँवा,मातृका भट्टराई चित्रकुमारी चंसु,प्रदेश लेखा सदस्य विष्णु खतिवडा सचिवालय सदस्यहरु सन्तोष प्रसाई,दिनेश अधिकारी मंगसिह केदेमले आआफनो धारणा राख्नु भएको थियो । बैठकले पार्टी सचिवालय सदस्य मंगलसिं केदेमको धर्मपत्नीको निधन प्रति दुख व्यक्त गर्दै उपचारर्थ रहुन भएको पार्टी अध्यक्ष भुपेन्द्र थेवे सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका उपसचिव पोमुले जानकारी दिनुभयो । एमाले ताप्लेजुङको जिल्ला कमिटी बैठक भोलि शुक्रवार पार्टी कार्यालय फुङलिङ ५ बस्दै छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*