ताप्लेजुङमा राती १० बजे सम्म मात्रै देउसी भैलो
ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले देउसी भैलो कार्यक्रम राती १० बजे सम्म मात्रै खेल्न अनुरोध गरेको छ ।जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज एक सूचना प्रकाशित गरी ताप्लेजुङमा देउसी भैलो कार्यक्रम राती १० बजे सम्म मात्रै खेल्न अनुरोध गरेको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईद्धारा जारी सूचनामा तिहार तथा छठ पर्व खुसियालीको पर्व भएकोले खुसी मनाउँदा अन्यव्यक्ति,टोल,छिमेक र समुदाय र सार्वजनिक जीवनमा असर गर्न नहुनेमा सचेत गराएको छ । सूचनामा पटका,भुईचम्पा,आतिशबाजी सहितका बिष्फोटक तथा अति प्रज्वलनशिल पर्दाथको आयात,बिक्रीबितरण र ओसारपसार गर्न नपाईने समेत उल्लेख गरेको छ । प्रशासन कार्यालयले संस्कृतिको जर्गेना गर्न र शान्ति सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न समेत सबैलाइ आग्रह गर्दै जुवा,तास खेल्ने खेलाउने जस्ता कानुनले निशेध गरेका कार्य गरेको पाइए यस्तो कार्यमा संलग्नहरुलाई कानुन अनुसार कारवाही हुने चेतावनी समेत प्रशासन कार्यालयले दिएको छ ।