ताप्लेजुङ गोल्डकपको तयारी पुरा, विगतको भन्दा भब्य हुने : लाखेजात्रा सञ्चालक समिति

मदन गौतम
भदौ १२, २०८०

ताप्लेजुङ । लाखेजात्राको अवसरमा आउदो भाद्र १४ देखि २० गते सम्म हुने ताप्लेजुङ गोल्डकपको तयारी पुरा भएको आयोजकले जनाएको छ । भानु माविको खेल मैदानमा सोमवार पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताका तयारी र आर्थिक व्यवस्थापनको वारेमा जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा लाखेजात्रा सञ्चालक समितिका अध्यक्ष देवाराज गुरुङले २०६४ सालामा गठन भएको लाखेजात्रा सञ्चालक समितिले विगतका बर्षमा दर्सकहरुको अत्याधिक साथ पाएको बतताउदै त्यो साथलाई यो बर्ष निरन्तरता दिन सवै तयारी गरेको बताउनुभयो उहाँले त्यसका लागि अग्रजहरुको सल्लाह सहित अघि बढिएको गुरुङको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो यो बर्ष प्रतियोगिता आयोजना गर्न लागेका समितिमा कोहि पनि फुटवलवाट अपरिचित नरहेको सुनाउनुभयो । “हामी जति पनि नयाँ आएका छौं फुटवल वाट कति पनि अपरिचित छैनौं । सबै पहिला यहि भानु स्कुलमा बल खेल्दा जिउ भरि चोट बोकेकाहरु नै छौं समितिमा रहनेहरु पनि धेरै जसो साथिहरु र पुरानो दाईहरु हुनुहुन्छ उहाँहरुले चै हामीलाई गाइड गरि रहनु भएको छ ।
हामी सँगै काम गरेर अघि बढि रहेका छौं ।”गुरुङले भन्नुभयो । प्रतियोगिता सञ्चालन गर्नु पुर्व मैदानको चिन्ता रहेको भए पनि मौसमले साथ दिएसँगै अव चिन्ता हटको वताउनु भएको छ । मैदान जति राम्रो वनाउन सक्यो त्यति राम्रो खेल खेलाडीले कौसाल देखाउन सक्ने भन्दै मैदानको सुधारका लागि हदै सम्मको कोशिसमा लागेको वताउनुभयो ।

टिकट दर रु १००, २०० र२५०
प्रतियोगिताको टिकट पनि आयोजकले पत्रकार सम्मेलनवाट जानकारी गराएको छ ।आयोजकले क्वाटर फाईनल ४वटा खेलहरुमा नगद रु १०० राखिएको जानकारी गराएको छ भने सेमिफाईनलको २ सय तथा फाईनलको लागि नगद २५० कायम गरिएको कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी गराउनुभयो ।विक्री भएको टिकटको विवरण प्रत्येक दिन सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

ताप्लेजुङसहित ८ वटा टिमको सहभागिता रहने ताप्लेजुङको प्रतिनिधित्व , मानाभारा स्र्पोटिङ क्लवले गर्ने यस बर्ष पनि ताप्लेजुङसहितका ८ वटा टिमको सहभागिता रहने भएको छ । ताप्लेजुङको प्रतिनिधित्व मानाभारा स्र्पोटिङ क्लवले गर्दै छ । उस्ले उत्द्धाटन खेलमा जुट विकास फुटवल क्लव इटहरी बीच प्रतिश्पर्धा हुने छ । मानाभारा युथ क्लव जिल्लाका उत्कृष्ट खेलाडी हरु छनौंट गरि तयार गरिएको टिम हो । पाँचथरबाट फिदिम स्पोटिङ क्लवले सहभागिता जनाउदा इलामबाट रेडहर्स क्लवले सहभागिता जनाउने छ । त्यस्तै झापाका २ वटा टिमको सहभागिता रहने छ गोर्खा स्पोटिङ क्लव दमक र रेडस्टार क्लव विर्तामोडले सहभागिता जनाउने छन् ।
मोरङबाट पथरी फुटबल क्लव, सुनसरीबाट जुट विकास फुटवल क्लव र भारत पश्चिम वंगाल दार्जेलिङबाट यूनाईटेड खर्साङ क्लवको सहभागिता रहने छ ।

प्रथम हुने टिमले नगद ३ लाख ११ हजार १ सय ११ पाउने छ भने दोस्रो हुनेले १ लाख ५१ हजार १ सय ५१ पउने छ । दोस्रो पुरस्कार को सौजन्य फुङ्लिङ नगरपालिका ४ निवासी भीमा मादेनले आफ्ना माता पिताको सम्झनामा गर्नु भएको छ ।
प्रत्येक म्याचका म्यान अफ दी म्याचलाई पुरस्कारको व्यावस्था छ भने उत्कृस्ट गोल किपर , डिफेन्डर , सर्वोत्कृष्ट खेलाडी, स्कोरर र उदयीमान खेलाडीलाई पनि पुरस्कारको व्यावस्था गरिएको छ ।
खेलका लागि फुङ्लिङ नगरपालिका र गोर्खा ब्रुअरी प्रालि मुख्य प्रायोजक रहेको छ भने अन्य ८ वटा पालिकाहरु सहप्रायोजक रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*