सिदिङ्वा पालिकामा भित्र भएको बास्तविकता यस्तो रहेछ

अध्यक्षको दोष छैन कृयाको प्रतिकृया मात्रै हो
राजेन्द्र श्रेष्ठ
साउन ९, २०८०

ताप्लेजुङ । सिदिङ्वा गाँउपालिकाले खारेज गरेको विद्यालय ब्यवस्थापन समितिलाई नै बजेट भुक्तानी गर्न माग गरेपछि ताप्लेजुङको सिदिङ्वा गाँउपालिकाकामा अध्यक्ष र स्थानीय नेपाली काग्रेसका नेता विच विवाद भएको हो ।
सिदिङ्वा ४ मा मादिवुङमा रहेको सरस्वती माध्यमिक विद्यालयमा रहेको विद्यालय ब्यवस्थापन समिति (विब्यस)लाई गत चैत ५ गते सिदिङ्वा गाँउ कार्यपालिकाले गाँउ शिक्षा ऐन विपरित ब्यवस्थापन समिति गठन भएको भन्दै खारेज गरी दिएपछि ब्यवस्थापन समिति र पालिका अध्यक्ष विच विवाद शुरु भएको थियो ।
सो विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत ४ कोठे भवन निर्माणका लागि ५५ लाख रकम विनियोजन भएको थियो गत असार २० गते जसरी पनि रकम विद्यालयको खातामा जम्मा गर्न पालिका अध्यक्षलाई दवाब दिएपछि विवाद शुरु भएको हो ।

पालिका अध्यक्षले विघठित ब्यवस्थापन समितिको विरुद्धमा उच्च अदालत ईलाममा मुद्धा चलिरहेकोले समितिको खातामा पैसा भुक्तानी गर्न नसकिने तर विद्यालय नजिकैको टोल विकास समितिको खातामा  सो विद्यालय भवन निमार्णमा भएको खर्च भुक्तानीको लागि पैसा जम्मा गरिदिने बताएपछि विवाद चरण उत्कर्षमा पुगेको पालिका स्रोतले बताएको छ ।
पालिका अध्यक्ष मानबहादुर राईले उजुरीको आधारमा विद्यालय ब्यवस्थापन समिति नै खारेज भएको त्यसपछि नयाँ निर्माण पनि नभएको अवस्थामा विद्यालयको खातामा रकम भुक्तानी गर्न अप्ठयारो हुने बताउदा बताउदै नेपाली काग्रेसका जिल्ला सभापति गजेन्द्र तुम्याहाङ, नेपाली काँग्रेस सिदिङवा गाँउपालिका सभापति प्रदिपकुमार राई, काग्रेस वडा अध्यक्ष मनकुमार लिङदेन ,पाथीभरा बहुमुखी क्याम्पसका स्ववियू सभापति लगातयको टिमले पालिका भित्रै नियोजित रुपमा तथानाम गाली गलौज गदै आक्रमण गर्ने प्रयास गरेको आरोप लगाउनुभयो ।

अध्यक्ष राईले सार्वजनिक भएको भिडियोमा पनि टोल सुधार समितिको खातामा पैसा जान्छ भन्दा सवै काम रोकिदिन्छु भनेर अध्यक्षलाई थर्काएको देखिन्छ त्यसपछि अध्यक्षले त्यसको जबाफ फर्काएको देखिन्छ । अध्यक्षले मुद्धा भएका कारण यस्तो भएको भन्दा भन्दै त्यहाँ उपस्थित रहेकाहरुबाट हिसाव किताब हुन्छ भन्दै पालिका अध्यक्षलाई थर्काएको प्रष्ट सुनिन्छ ।

यस सम्बन्धमा पालिका उपाध्यक्ष बन्दना कडरियाले गत असार २० गते ब्यवस्थापन समितिका मान्छेहरु अध्यक्षको कार्यकक्षमा  सौहार्दपूर्ण रुपमा प्रवेश नगरी नियतपूर्ण रुपमा प्रवेश गरी विषय बस्तुमा प्रवेश नगरी होहल्ला र हुलदंगा गरेपछि अध्यक्षले कृयाको प्रतिकृया स्वरुपमा मात्रै त्यो घटना भएको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ दुई घण्टा सम्म विवादको भिडियोलाई काट्छाट गरी सामाजिक संजालमा लगाएको बताउदै केही ब्यक्तिले नियोजित रुपमा नै सो कार्य गरेको हुन सक्ने आकलन गर्नुहुन्छ ।

उहाँले सरस्वती माध्यमिक विद्यालय मादिवुङको विद्यालय ब्यवस्थापन समिति गाँउ शिक्षा ऐन विपरित भएको भन्दै चैत ५ गतेको कार्यपालिकाको बैठकले खारेज गरेको तर भवन निर्माणका कार्यलाई निरन्तरता दिएको बताउदै हाल ५५ लाख मध्ये असार सम्ममा १७ लाख बराबरको काम सम्पन्न गरेको सोही अनुसार भुक्तानी दिएको तर बाँकी रकम विद्यालयका खातामै जम्मा गरेको र कामको प्रगति अनुसार मात्रै भुक्तानी हुने बताउनुहुन्छ ।
यता यस सम्बन्धमा काग्रेस सभापति गजेन्द्र तुम्याहाङसँग सम्पर्क गरी घटनाको बारेमा बुझदा उहाँले असार १४ गते बाढी पीडितको राहतको लागि घर दैलामा जानका लागि पालिकाबाट विवरण लिएर सवै वडा वडा गएको तर २० गते पालिकाका फर्कदा विद्यालयका रकम नपाएको गुनासो स्थानीयले गरेपछि आफै स्थानीयले मिलाउनु होस भनेर पठाएको तर १५,२० मिनेटमा पनि नआएर हो हल्ला गरेपछि के भएछ भनेर आफु पनि पालिका अध्यक्षको कार्यकक्षमा गएको र छलफलबाट सहमति खोज्नुहोस भनेर आफुले सुझाव दिएको बताउनुभयो । उहाँले विव्यसलाई उच्च अदालत ईलामले कार्य गनु भनेर स्टे अर्डर दिएको कारण पनि काम गर्न पाउनु बताउनुहुन्छ ।
यस सम्बन्धमा निमित्त प्रमुख प्रशासकिय अधिकृत रुद्र बेघाले चैत्र ५ गते बसेको कार्यपालिका बैठकले ब्यवस्थापन समिति खारेज गरेको जानकारी गराउनुभयो । उहाँले गाँउ शिक्षा ऐनमा ब्यवस्थापन विब्यस गठन गर्दा सम्बन्धित वडाका वडा अध्यक्ष अनिवार्य उपस्थित गराउनु पर्ने,पालिकाको शिक्षा समिति हेर्ने कर्मचारी उपस्थित हुनपर्नेमा पर्नेमा सो अनुसार नभएको भन्दै पालिकाले खारेज गरेको बताउनुभयो । उहाँले विद्यालयकै खातामा पैसा जम्मा गरिदिएको बताउनुभयो । स्टे अर्डरको बारेमा भने पालिकालाई अझ सम्म कुनै पनि पत्र प्राप्त नभएको बताउनुभयो ।
यस सम्बन्धमा नेपाली काग्रेस सिदिङवा ४ वडा अध्यक्ष मनकुमार लिङदेनसँग सम्पर्क गर्दा उहाँको फोन नउठेका कारण कुनै कुरा हुन सकेन भने विव्यस अध्यक्ष तेजबहादुर लिङदेनसँग टेलिफोन सम्पर्क गर्दा सम्पर्क नै हुन सकेन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*