कोरोना बीमा बन्द भइसक्दा पनि दाबी भुक्तानी अझै अन्योलमा
काठमाडौं । कोरोना बीमा बन्द भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको अवस्थामा नयाँ आर्थिक वर्ष शुरू भएसँगै साउन १ गतेदेखि कोरोना बीमाको कारोबार बन्द भएको हो ।
अब कोरोना बीमाको पोलिसी विक्री हुने छैनन् । साथै, साउन १ गतेयता बीमा दाबीको आवेदनसमेत नलिने गरी कोरोना बीमा बन्द गरिएको छ । अब असार मसान्तसम्म प्राप्त बीमा दाबी आवेदनको भुक्तानी मात्र गरिने समितिको भनाइ छ ।
गत आवसम्म मात्र सञ्चालन गर्नेगरी उक्त बीमा सेवा ल्याइएकाले यो आवदेखि बन्द गरिएको समितिको भनाइ छ । बीमा समितिले २०७७ वैशाखदेखि कोभिड–१९ बीमालेख जारी गरेर बीमा कम्पनीहरूलाई यसको कारोबार गर्न निर्देशन दिएको थियो ।
त्यसपछि २० निर्जीवन बीमा कम्पनीहरूले लघु बीमा पुलमार्फत संयुक्त रूपमा उक्त बीमाको कारोबार गर्दै आएका थिए । नयाँ आर्थिक वर्षमा पनि यस बीमा सेवालाई निरन्तरता दिन सकिन्थ्यो । तर, त्यस विषयमा कुनै निर्णय नभएको समितिको भनाइ छ ।
सरकारले नै सहयोग गर्ने नीति ल्याएमा मात्र कोरोना बीमा सञ्चालन गर्ने समितिको भनाइ थियो । तर, तत्कालीन सरकारले जेठ १५ गते ल्याएको बजेटमा कोरोना बीमासम्बन्धी कुनै सम्बोधन भएन । त्यसपछि कोरोना बीमा पनि बन्द गर्न बाध्य भइएको हो ।
कोरोना बीमा बन्द भइसक्दा पनि यसको दाबी भुक्तानी भने अझै अन्योलमा परेको छ । विशेषगरी सरकार ९अर्थ मन्त्रालय० ले आवश्यक बजेट निकासा नगर्दा दाबी भुक्तानी अन्योलमा परेको हो ।