वैदेशिक रोजगारमा जाने कामदारलाई जोन्सन एण्ड जोनसनको खोप नदिइने, रोजगारी गुम्ने धेरैको डर

वेलकम खबर
असार ३०, २०७८

काठमाडौं । वैदेशिक रोजगारमा जाने कामदारहरूले अमेरिकाले नेपाललाई सहयोग स्वरुप दिएको जोन्सन एण्ड जोनसन खोप नपाउने भएका छन् । सरकारले सोमबार कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गरिएका देशमा नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई भेरोसेल खोप लगाउने निर्णय गरेको हो ।

एक डोज लगाएर वैदेशिक रोजगारमा पठाउनु पर्ने कामदारलाई पहिलो डोज खोप लगाएको कम्तिमा चार हप्ता अर्थात एक महिनापछि दोश्रो भेरोसेल खोप दिने सरकारी तयारीले वैदेशिक रोजगारमा जाने नेपालीहरू समस्यामा परेका छन् ।  एक महिनाको अन्तरमा दुई डोज दिनुपर्ने भेरोसेल खोप लगाउने सरकारको निर्णयले समस्यामा परेका हुन् ।

उक्त निणर्यले एक महिना कुर्नुपर्दा विदेशमा रोजगारी गुम्ने धेरैको डर छ । हाल खोपको पर्खाईमा रहेका कामदारहरू खोप लगाउँ कि नलगाउँको दोधारमा पुगेका छन् । मोडेर्ना, अष्ट्राजेनेका, फाइजर र जोन्सन एण्ड जोन्सन खोपलाई मात्र मान्यता दिएका कतार, कुवेत, साउदी अरबले नेपालीलाई प्रवेशमा कडाइ गर्ने सम्भावना देखिएको वैदेशिक रोजगार व्यवसायीहरूको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले अहिलेको अवस्थामा भेरोसेल खोप पाउनु नै ठूलो उपलब्धि भन्दै अमेरिकाले दिएको जोन्सन एण्ड जोन्सन  खोप मागको तुलनामा थोरै भएकोले वैदेशिक रोजगारीमा जाने कामदारलाई चाहेर पनि दिन नसकिएको बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*