विश्वमा कोरोनाबाट पछिल्लो २४ घण्टामा ६ हजार बढिको मृत्यु, सबैभन्दा धेरै इन्डोनेसियामा
काठमाडौं । विश्वमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ हजार ३१९ जनाको मृत्यु भएको छ । यो संगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० लाख ४९ हजार ७१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ७ जनाको कोरोनाबाट मृत्यु भएको छ । साथै भारतमा ७२०, ब्राजिलमा ५९७, रुसमा ७४९, कोलम्बियामा ५२८, मेक्सिकोमा २३२, बंगलादेशमा २३०, अर्जेन्टिनामा ५२८ जनाको मृत्यु भएको छ ।
त्यस्तै विश्वमा अहिले सम्म कोरोना संक्रमितको कुल संख्या १८ करोड ७६ लाख ३२ हजार ७५६ पुगेको छ ।