ताप्लेजुङमा कोरानाले फेरि एक महिलाको मृत्यु
काठमाडौ । ताप्लेजुङको फुङलिङ नगरपालिका ५का एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ । फुङलिङ नगरपालिका वडा ५ निवासी ५० बर्षिय अञ्जु खड्का आज विहान उपचारको क्रममा झापाको विर्तामोडको विएण्डसी अस्पताल लाने क्रममा बाटो मै निधन भएको परिवार जनले जनाएको छ ।
जिल्ला अस्पतालमा उपचार गराई रहेको खड्काको अक्सिजन मात्र कम भएपछि हेलिकोप्टर मार्फत उपचारको लागि काठमाडौ लैजाने भन्दा भन्दै मौसमको खराबीको कारण हेलिकोप्टर आउन नसकेपछि एम्बुलेन्स मार्फत विर्तामोड लाने क्रममा ईलामको जोरकलश भन्ने ठाँउमा पुरयाउदा मृत्यु भएको परिवारले जनाएको छ । मृतकको असार १५ गते एन्टिजेन पोजेटिभ देखिएको बताईएको छ । मृतक खड्का शव आजै कावेली खोलामा नेपाली सेनाले अन्तेष्ठी गर्ने परिवार जनले बताएको छ । मृतक खड्का मालपोत कार्यालय ताप्लेजुङका रिटायड कर्मचारी पनि हुन उनका एक छोरा र एक छोरी रहेका छन ।
यो सहित जिल्लामा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या १० महिला सहित १६ पुगेको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ ।