एकै दिनमा थपिए ताप्लेजुङमा ५५ जना
ताप्लेजुङ, । ताप्लेजुङमा बिहीबार ५५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सानिमा हाइड्रोपावरमा कार्यारत १ सय ८५ जना कर्मचारीको स्वाब संकलन गरी पठाइएकोमा ४६ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय ताप्लेजुङका तथ्याङक अधिकृत हेमराज कठायतले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अस्पताल ताप्लेजुङमा २२ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनालाई संक्रमण पुष्टि भएको हो ।
यस्तै सिरीजंघा गाउँपालिकामा संकास्पद ४ जनाको परीक्षण गर्दा सबै जनाको रिपोर्ट नेगेटिभ आएको छ । यो सहित जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ७ सय ४२ पुगेको छ भने ५ सय २१ जनाले मात्र कोरोनालाई जितेको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ ।