ताप्लेजुङमा कोरोना सक्रिय संक्रमित ६सय ५० नाघ्यो,आठराई त्रिवेणीमा पनि लकडाउन

वेलकम खबर
असार १५, २०७८

ताप्लेजुङ । ताप्लेजुङमा मंगलवार १८ जनालाई कोरोना संक्रमण पुष्टि भएसगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय ६४ पुगेको छ ।
मंगलवार जिल्ला अस्पताल ताप्लेजुङमा ३० जनाको परीक्षण गर्दा १५ जना र सिरीजंघा गाउँपालिकामा ८ जनाको परीक्षण गर्दा ३ जनको एन्टिजेन पोजेटिभ देखिए सगै ताप्लेजुङ जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय ६४ पुगेको स्वास्थ्य कार्यालय ताप्लेजुङका तथ्याङ्क अधिकृत हेमराज कठायतले बताए । उनले हाल सम्म ५ सय २१ जनाले कोरोना जितेको समेत बताए

यसैबीच मंगलबार सानिमा हाइड्रोपावरबाट १ सय ८५ जनाको स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको छ । कोरोनाको लक्षण देखिएकोहरुको स्वाब संकलन गरिएको तथ्याङ्क अधिकृत कठायतले जानकारी दिनुभयो ।

आठराई त्रिवेणी गाउँपालिकाले मंगलबारदेखि असार २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । गाउँपालिकाको मंगलबार बसेको बैठकले कोरोना संक्रमण समुदायमा फैलिएकाले सावधानी अपनाउनका लागि असार २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

उक्त अवधिसम्म पालिका तथा वडा कार्यालयले प्रवाह गर्ने अत्याअवश्यक वाहेकका सबै सेवा बन्द गर्ने भएको छ । यसैगरि भौतिक दुरी कायम गरि दिउँसो १२ बजेसम्म मात्र पसल संञ्चालन गर्न पाउने निर्णय कडाइका साथ लागू गर्ने भएको छ । आवश्यकताबमोजिम हिडडुल नगरि नभएको खण्डमा पनि मास्क तथा स्वास्थ्य सामाग्री प्रयोग अनिवार्य गरेको छ । बैंक तथा वित्तिय संस्था भने भौतिक दुरी कायम गरि स्वास्थ्य सामाग्री प्रयोग गरेर स्वास्थ्य सावधानी अपनाउँदै संञ्चालन गर्न भनेको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*