यसरी घटाउनुहोस् तौल
काठमाडौ । मोटो शरीरलाई राम्रो र आकर्षक देखाउनका लागि तौल कम कसरी गर्नेहोला भनेर धेरैले सोचिरहेका हुन्छन् । तर कतिपयसँग कसरत गर्ने फुर्सद हुँदैन ।
तर डाक्टरहरूले कसरत नगरेपनि तौल घटाउन सकिनेबारे केही उपायहरू दिएका छन् । कडा परिश्रम गर्ने मानिसहरूलाई औसत २२ सय क्यालोरी दैनिक चाहिने गर्छ । तर यदि तपाईं कठीन परिश्रम गर्नुहुन्न र तौल बढी छ भने तपाईंले आफ्नो क्यालोरीलाई औसत १२ सयमा झार्नुपर्ने हुन्छ ।
तपाईंलाई सेतो चामलको भात मन पर्छ भने पनि आजैबाट चामल खान छोड्नुहोस् । बरू सक्नुहुन्छ भने ब्राउन राइस खान सक्नुहुन्छ । ब्राउन राइसको आधा कपमा जम्मा १ सय ३३ क्यालोरी हुने डाक्टरहरूले बताएका छन् । जबकी आधा कप सेतो चामलमा २ सय ६६ क्यालोरी शक्ति हुन्छ ।
दुब्लाउनका लागि कतिपयले बिहानको ब्रेकफास्ट छोड्ने गर्छन् तर यसो गर्नु सही होइन । ब्रेकफास्ट खानाले दिउँसो कम भोक लाग्ने गर्छ ।
तौल घटाउनका लागि दिनमा दुईतिन पटक खाने बानीलाई बढाएर ६(७ पटक बनाउनुपर्ने डाक्टरहरूको सुझाव छ । थोरै थोरै खाइरहने गर्नाले ग्याष्ट्रिकको समस्या पनि कम हुन्छ । फ्राई गरेको खाना बिल्कुलै नखाने सल्लाह डाक्टरहरूले दिने गर्छन् । फ्राई गरेको सट्टा उमालेका तरकारीहरू खानुहोस् । खानालाई मिलाएर खानेहरूले महिना दिनमै १० किलोसम्म तौल कम गरेको उदाहरण पाइन्छ ।