भारतमा सेप्टेम्बर सम्ममा २ वर्ष भन्दा माथिका बालबालिकालाई कोरोना खोप, खोप लिनेको संख्या ३० करोड नाघ्यो

वेलकम खबर
असार १३, २०७८

एजेन्सी । एम्स दिल्लीका निर्देशक डा रणदीप गुलेरियाले बालबालिकालाई सामान्यतया हल्का रोग लाग्ने तर उनीहरुका लागि कोभिड–१९ खोपको विकास गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

उनले भारतको बायोटेक र अन्य कम्पनीहरुले बालबालिकाको खोपका लागि भारतमा निकै तीव्र गतिले परीक्षण गरिरहेको र प्राप्त तथ्याङ्क अनुमोदन हुने आशा गरेका छन् जसले गर्दा सेप्टेम्बर–अक्टोबरसम्ममा देशमा बालबालिकाका लागि खोप उपलब्ध हुने छ ।

डा। गुलेरियाले बताए अनुसार कोभाक्सिनको दुई वा तीन चरणको परीक्षण पूरा भएपछि केटाकेटीका लागि सेप्टेम्बर(अक्टोबर सम्ममा उपलब्ध हुने अपेक्षा गरिएको छ ।
कोभाक्सिन भारत बायोटेकद्वारा विकसित एक स्वदेशी खोप हो । उनले भारत बायोटेकले २ देखि १८ वर्षको उमेर समूह बीच परीक्षण सञ्चालन गरिरहेको र यसले व्यापक स्पेक्ट्रम ढाक्ने बताएका छन् ।
साथै केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधवार भारतको संचयी कोरोना खोप कभरेज ३० करोड नाघेको बताएको छ। रिपोर्ट अनुसार कुल आंकडा ३० करोड ९ लाख ६९ हजार ५३८ पुगिसकेको हो।

को वीन ले जनाएको अनुसार कोभिड(१९ खोपको भ्याक्सिनेसन कार्यक्रमको नयाँ चरण जुन २१ बाट सुरु भए देखि बुधबार मात्रै ६३।२६ लाख जनालाइ खोपहरू दिईएको छ ।
मन्त्रालयले जनाए अनुसार बुधबारको दिन १८(४४ बर्षका उमेर समुहलाइ ४१ लाख २३ हजार भन्दा बढी पहिलो चरणको खोप दिइयो भने ६८ हजार ९०० भन्दा बढीलाई दोस्रो चरणको खोप दिइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*