२ हजार ४७६ जनामा कोरोना पुष्टि हुँदा ५ हजार ४५५ डिस्चार्ज, मृत्यु कति ?
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
१४ हजार ३५१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७२१ र एन्टिजेन विधिबाट ७५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
साथै पछिल्लो २४ घण्टामा थप ५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै थप २७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९४५ पुगेको छ ।नेपालमा हाल सक्रिय सङ्क्रमितको संख्या ४५ हजार ७९४ रहेको छ ।