कोरोनाको तेस्रो लहर आउने खतरा कति ? के भन्छन् विज्ञहरु ?
काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरबाट छुटकारा पाउन कसरत गरिरहेको विश्वमा फेरि तेस्रो लहरको खतरा बढ्ने विज्ञहरुले बताएका छन् ।
अबको १० देखि १२ साता भित्र भारतमा कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने विज्ञहरुको भनाई छ ।
डेल्टा प्लस भेरिएन्टले तेस्रो लहर ल्याउने अनुमान गरिएको छ, जुन भेरिएन्ट भारतमा फैलदो क्रममा छ ।
बीबीसीका अनुसार सार्वजनीक नीति तथा स्वास्थ्य प्रणाली विज्ञ डा। चन्द्रकान्त लहरियाले अझै पनि कोरोनाको जोखिम कायमै रहेको बताएका हुन् ।