एक वर्षदेखि बहराइनको कोमामा उपचाररत नेपाली श्रमिक स्वदेश फिर्ता
काठमाडौं । एक वर्षदेखि बहराइनमा कोमामा उपचाररत रहेका एक नेपाली श्रमिकलाई स्वदेश फर्काइएको छ ।
उनलाई हिमालय एयरलाइन्सको चार्टर्ड उडानमार्फत हिजो नेपाल फर्काइएको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ ।
सन् २०२० मे २५ देखि बिरामी भई कोमामा उपचाररत उनको एक वर्ष अस्पतालमा उपचार गर्दा लागेको लगभग ९४ लाख रुपैयाँ अस्पतालले माफ गरिदिएपछि नेपाल पठाउन सफल भएको दूतावासले जनाएको छ ।
कोमामा गएका उनको दूतावासले परिचय खुलाएको छैन । बहराइनको सरकारी अस्पताल किङ् हमाद युनिभर्सिटी अस्पतालमा उनको उपचार गराइएको थियो ।