आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान सुरु

वेलकम खबर
असार ८, २०७८

काठमाडौं- सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान सुरु गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले कुल उडान संख्याको ५० प्रतिशत मात्र हुने गरि उडान सुरु गर्ने निर्णय गरेको हो । भारत, टर्की, चीन र कतारबाहेक अन्य ७ देशमा उडान संख्या सीमित गरि अन्तर्राष्ट्रिय हवाई उडान खोलिएको छ ।

सातामा दोहासँग ४ वटा, इस्तानबुलसँग दुईवटा, दुबईसँग चार वटा, साउदी अरबको दमामसँग दुई वटा, ओमनको मस्कटमा एउटा, मलेसियाको क्वालालाम्पुरमा चार वटा, कुवेतको कुवेत सिटीसँग दुई वटा, दक्षिण कोरियाको सिओल र जापानको टोकियोसँग एक एक वटा तथा चीनको छेन्दु र ग्वान्जावमा चारवटा नियमित उडान हुने नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।

वैशाख १८ देखि आन्तरिक र वैशाख २३ गतेबाट अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाइएको थियो ।

udan1.jpg

udan2.jpg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*