ढोक्प्या लनिङद्धारा ताप्लेजुङको मिक्वाखोलालाई स्वास्थ्य सामाग्री हस्तान्तरण
ताप्लेजुङ । ताप्लेजुङको ग्रामिण क्षेत्रमा कोरोना भाईरस संक्रमण दिन प्रतिदिन बढ्दै जाँदा रोकथाम तथा नियन्त्रण गर्नका लागि सहयोगी संस्थाहरु पनि दिनप्रतिदिन बढ्दै गएको छ । बुधवार मात्रै ताप्लेजुङको मिक्वाखोला गाउपालिकालाई ढोक्प्या लनिङ ग्राउन्डले करिब ९ लाख बरावरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
केटिके बेल्ट र भर्टिकल बायोड्राईभरसिटी फन्डको आर्थिक सहयोगमा ढोक्प्या लनिङ ग्राउन्डले मंगलवार मिक्वाखोला गाउपालिकालाई अक्सिजन कन्सन्टेटर, एन्जिजेन्ट टेष्ट,पिपिई,स्यानिटाईजर औषधि लगायतका ३९ प्रकारका ८ लाख ६३ हजार २४३ रुपैया बरावरको स्वास्थ्यको सामाग्री गाउपालिकालाई हस्तन्तरण गरेको लनिङ ग्राउन्डका अध्यक्ष मिङ्मा डण्डु लामाले जानकारी दिनुभयो । मिक्वाखोलाको प्रत्येक वडालाई हुने गरी पालिकालाई सामाग्री हस्तान्तरण गरेको अध्यक्ष लामाले बताउनुभयो । उहाँले हस्तान्तरण गरेको सामाग्री मिक्वाखोलाका ५ वटा वडा अध्यक्षहरु गाउपालिका अध्यक्षले प्रदान गर्ने समेत अध्यक्ष लामाले बताउनुभयो ।