विश्वकप २०२२ को खेल हेर्न आउने १० लाख दर्शकलाई निःशुल्क कोरोना खोप
काठमाडौं । कतारले विश्वकप २०२२ को खेल हेर्न आउने १० लाख दर्शकलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाइ दिने भएको छ ।
कतारका प्रधानमन्त्री र आन्तरिक मन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल थानीले त्यहाँका विभिन्न पत्रिकाका सम्पादकहरुसंग कुराकानी गर्दै खोप उत्पादक कम्पनीहरु छलफल भैरहेको बताएका छन् ।
खोप नलगाएका दर्शकलाई स्टेडियममा प्रवेश गर्न समेत पाउने छैनन् । त्यहाँको स्टेडियमहरू मध्ये सबैभन्दा ठूलो लुसेल स्टेडियमको पनि ९० प्रतिसत काम सम्पन्न भैसकेको प्रधानमन्त्रीलाई उद्धृत गर्दै पिनेन्सुला पत्रिकाले जनाएको छ ।
२२औँ संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिता २१ नोभेम्बर २०२२ मा कतारमा सुरू हुने छ