उपत्यकामा आगामी सातादेखि निषेधाज्ञा खुकुलो, हवाई उडान पुनः संचालन गर्ने निर्णय
काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा आगामी सातादेखि खुकुलो हुने भएमो छ ।
बुधबार राति सम्पन्न कोभिड-१९ व्यवस्थापन निर्देशक समिति ९सीसीएमसी० को बैठकले अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’तर्फ जाने निर्णय गरेको हो ।
जारी लकडाउन कायम राख्दै अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुला गरिनु पर्ने निष्कर्ष समितिले निकालेको हो ।
बैठकले टर्की, कतार, साउदी अरेबिया, यूएई ,जापान र मलेसियाजस्ता देशमा हवाई उडान पुनः संचालन गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले सीसीएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिने निर्णय समेत गरेको छ ।