कोरोना खोपको सुरक्षा बारे के भन्छ डब्लूएचओ ?

वेलकम खबर
जेष्ठ २९, २०७८

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोपले मानिसलाई कोरोनाबाट हुने मृत्युबाट जोगाने र स्पतालमा पुग्नेगरी हुने बिरामीको सम्भावनालाई रोक्न मद्दत गर्ने बताइएको छ ।

खोपको सुरक्षाको विषयलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जारी गरेको बयानले यस्तो जनाएकोे छ । डब्लूएचओले कोरोनाविरुद्धको खोपले कति समयसम्म सुरक्षा दिन्छ भनेर भने हालसम्म जानकारी हासिल गर्न नसकेको पनि जवाफ दिएको छ ।

आगामी १२ महिना भित्र भने कुन खोपले मानिसलाई कति समयसम्म सुरक्षा दिन्छ भनेर थाहा पाउन सकिने उसको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*