ताप्लेजुङमा खोपमा तछाड मछाड (भिडियो सहित )

पहिलो चरणमा अठार सय ५ जनालाई खोप लगाईदै
वेलकम खबर
जेष्ठ २६, २०७८

ताप्लेजुङ । ताप्लेजुङमा ५५ बर्ष माथिकालाई पहिलो चरणमा १ हजार ८ सय ५१ जनालाइ कोरोना बिरुद्धको भेरोसिल खोप लगाउन शुरु गरिएको छ ।

बुधवार र विहिवार ताप्लेजुङ जिल्ला अस्पतालमा ५५ बर्ष माथिकाहरुको लागि पहिलो चरणको खोप लगाउन शुरु गरिएको हो ।त्यस्तै स्वास्थ्यकर्मी,सुरक्षाकर्मी सञ्चारकर्मी तथा अग्रभागमा कायरत कर्मचारीहरुलाई समेत खोप लगाईने जनस्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ ।


त्यस्तै २८ गते फुङ्लिङ नगरपालिका अन्र्तगतका दोखु,हाङ्देवा,फावाखोला र फुरुम्बुमा रहेका स्वास्थ्य केन्द्रबाट र ३० गते सबै पालिकाका अन्र्तगतका स्वास्थ्य संस्था वा खोप केन्द्रबाट खोप लगाइने छ ।


जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार ताप्लेजुङमा १४ हजार २ सय ४ पहिलो कोभिडशिल्डको पहिलो मात्रा लगाएका छन् । पहिलो र दोस्रो दुबै मात्रा लगाउनेको संख्या भने ९ सय ७८ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

चीनसंग सीमा जोडिएको पालिकाका बासिन्दालाइ समेत भेरोसिल खोप लगाउनुपर्ने भनिएपनि खोपको मात्रा अपुग भएकोले तत्कालका लागि सबै बासिन्दालाइ भने नपुग्ने भएको छ । निमित्त स्वास्थ्य प्रमुख पोखरेलका अनुसार यहाँको फक्ताङ्लुङ गाउँपालिकाका १ हजार २ सय ६४ जनाले कोभिडशिल्ड लगाएका छन् । सो खोप लगाउन लक्षित गरिएका ८ हजार ६० जना मध्ये अब ६ हजार ७ सय ९६ जनालाइ खोप लगाउनुपर्ने हुन्छ । सो मात्रा अपुग भएपछि कोरोना खोप व्यवस्थापन तथा अनुगमन समितिको बैठकले प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा थप खोपको मात्रा माग गर्ने निर्णय समेत गरिसकेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*