काठमाडौं उपत्यका निषेधाज्ञा खुकुलो पार्ने तयारी, के भन्छ स्वास्थ्य मन्त्रालय ?

वेलकम खबर
जेष्ठ २६, २०७८

काठमाडौं । सरकारले असार महिना देखि निषेधाज्ञा खुकुलो बनाउदै लैजाने तयारी गरेको छ । कोरोना संक्रमण दर बिस्तारै घट्दै गएको भन्दै सरकारले निषेधाज्ञा खुकुलो बनाउने तयारी गरेको हो ।

गृहमन्त्रालयले काठमाडौंको कोरोना संक्रमण दर र प्रत्येक जिल्लाको संक्रमण दर कस्तो रहेको छ भनी जानकारी लिइरहेको र त्यसैको आधारमा अब रणनीति बनाउने जनाएको छ ।

कोरोना भाइरसको दोस्रो लहर नेपालमा फैलिएपछि हाल ७५ जिल्लमा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी भएयता कोरोना संक्रमण र मृत्युदर घट्ने क्रममा हुनुको साथै निको हुनेको संखयापनि बढ्दै गएकाले निषेधाज्ञा खुकुलो पार्ने तयारी भइरहेको गृहमन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौं जिल्ला प्रशासनले पनि यो हप्ताको कोरोना संक्रमण दरको तथ्याङ्क अनुसार निषेधाज्ञाको अवस्था निर्धारण हुने जनाएको छ ।

उता स्वास्थ्य मन्त्रालयले भने कोरोना महामारीको जोखिम अझै कायम रहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना महामारीको जोखिम अझै कायम रहेकाले अझै एक महिना विषेश ध्यान दिनु पर्ने बताउँछ ।

कोरानाको सानो कक्रले पनि फैलिदै गएर भयावह स्थितीमा पुर्याउने स्वास्थ्य विज्ञहरुले बताउदै आइरहेका छन् । यही अवस्थामा पनि सरकार निषेधाज्ञा खुकुलो पर्ने तर्फ केन्द्रित भएको छ ।

दोस्रो लहरको कोरोना महामारी नेपालमा फैलिएपछि काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । सरकारले निषेधाज्ञा हटाउने निर्णय नगरिकन नै यतिबेला काठडमाडौं उपत्यकामा सवारी साधनको चाप बढ्दै गएको छ ।

त्यस्तै आम नागरिकहरु पनि आफ्नो दैनिकी सहज पार्नका लागि निषेधाज्ञा खुकुलो हुने आशामा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*