विश्वमा १० प्रजातिका कोरोना, सबैभन्दा घतक कुन ?

वेलकम खबर
जेष्ठ २६, २०७८

काठमाडौं । २०१९ को डिसेम्बर अन्तिममा पहिलोपटक चीनको वुहान सहरमा फेला परेको कोरोना भाइरस हालसम्म विश्वका २ सय २० वटा देशमा पुगिसकेको छ ।

अहिलेसम्म विश्वमा १० वटा कोरोनाका भेरियन्ट पुष्टि भएका छन् । जसमध्ये भारतमा देखिएको डेल्टा (बी.१.६१७.२) लाई सबैभन्दा घातक मानिएको छ ।

कोरोनाको पहिलो भेरियन्ट अल्फा (बी.१.१.७) बेलायतमा देखिएको थियो । यो १८ डिसेम्बर सन् २०२० मा पत्ता लागेको हो । यो भेरियन्ट पनि अत्याधिक घातक भएको विज्ञहरुले जनाएका छन् ।

त्यस्तै १८ डिसेम्बर २०२० मै दक्षिण अफ्रिकामा बेटा (बी.१.३५१०) भेरियन्ट पत्ता लाग्यो । यो भेरियन्ट पनि तीव्र गतिमा फैलिने क्षमताको रहेको वैज्ञानिकहरु पुष्टि गरेका छन् ।

यसैगरी, गामा (पी.१) भेरियन्ट ब्राजिलमा फेला परेको भेरियन्ट हो । यो ११ जनवरी २०२१ म पत्ता लागेको थियो । त्यस्तै ११ मे २०२१ मा भारतमा अर्को डेल्टा (बी.१.६१७.२) भेरियन्ट पत्ता लाग्यो ।

यो हालसम्मकै सबैभन्दा खतरनाक भेरियन्ट भएको बताइएको छ । यही भेरियन्ट यतिबेला नेपालमा तीव्र दरमा फैलिरहेको विज्ञहरु बताउँछन् ।

त्यस्तै, ५ मार्च २०२१ म अमेरिकामा इप्सिलन (बी.१.४२७, बी. १.४२९) भेरियन्ट देखिएको थियो । त्यस्तै ब्राजिलमा १७ मार्च २०२१ मा फेरि अर्को नयाँ भेरियन्ट देखिएको थियो । जसलाई वैज्ञानिकहरुले जिटा ९पी।२० नामाकरण गरेका छन् ।

फिलिपिन्समा २४ मार्च २०२१ मा ठिटा (पी.३) भेरियन्ट देखिएको थियो । यसैगरी, २४ मार्च २०२१ मा अमेरिकामा पुन नयाँ भेरियन्ट देखियो । जसको नाम वैज्ञानिकले आयोटा (बी.१.५२६) राखेका छन् ।

भारतमा ४ अप्रिल २०२१ मा कप्पा (बी.१.६१७.१) नयाँ भेरियन्ट पुष्टि भएको थियो भने विभिन्न मुलुकमा १७ मार्च २०२१ मा नयाँ इटा (बी.१.५२५) भेरियन्ट देखिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*