चीन सरकारबाट अनुदानमा प्राप्त भएको भेरोसेल खोप काठमाडौंमा भोेलीबाट
काठमाडौंं । काठमाडौंमा मंगलबारदेखि कोरोनाविरूद्ध चिनियाँ खोप भेरोसेल लगाइने भएको छ । काठमाडौंं महानगनरपालिकाले ६० देखि ६४ वर्ष उमेर समूहलाई खोपको पहिलो मात्रा खोप दिन लागेको हो ।
जेठ २५ गतेदेखि जेठ २९ गतेसम्म खोप कार्यक्रम चल्ने बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म नजिकको वडा कार्यालयमा गएर खोप लगाउन सकिने काठमाडौं महानगरपालिकाले जनाएको छ । खोप लगाउनका लागि उमेर खुल्ने परिचय पत्र साथै लैजानुपर्नेछ ।
त्यसैगरि ललितपुर महानगरपालिकामा पनि २५ र २६ गते कोरोनाविरुद्धको खोप लगाइँदैछ । खोप पुरानै केन्द्रमार्फत् लगाइने छ ।